गोप्रोको गोप्रो हिरो टेन ब्ल्याक क्यामरा नेपालमा, यस्ता छन् विशेषता


काठमाडाैं । गोप्रो कमपनीको गोप्रो हिरो टेन ब्ल्याक क्यामरा नेपाल भित्रिएको छ । नेपालका लागि आधिकारिक विक्रेता आइसफल टेक्नोलोजिजले गोप्रो हिरो नाइन ब्ल्याकको सफलतापछि हिरो टेन ब्ल्याक बजारमा ल्याएको हो ।

जिपिटू प्रोसेसरमा आधारित यो क्यामरा क्यामराले प्रति सेकेन्ड ६० फ्रेम सम्म ५.३ के ष्ट गूणस्तरको भिडियो खिच्न सक्छ । क्यामराबाट २३ मेगापिक्सलको तस्बिर लिन सकिन तथा क्यामरा छिटो र प्रयोग गर्न सहज रहेको कम्पनीले जनाएको छ ।

हिरो टेन ब्ल्याक क्यामरामा हाइपरस्मुथ ४.० स्टेबलाइजेसन फिचर छ भने यो वाटरप्रुफ क्यामरा हो ।

हिरो टेन ब्ल्याक अन्य एक्सन क्यामरा भन्दा अलग र अझ राम्रो भएको कम्पनीको दाबी छ । साईकल तथा मोटरसाइकल यात्री, पर्वतारोही, व्लगर्स र अन्य क्रियटिभ व्यक्तिहरुले श्रीजनात्मक दृश्य कैद गर्न क्यामरा उपयोगी हुने बताइएको छ ।

क्यामराका मुख्य विशेषताः

  • जिपिटू प्रोसेसर – दुइ गुणा बढीको स्पिड
  • हाइपरस्मुथ ४.०
  • २३ मेगापिक्सल सेन्सर
  • ६० फ्रेम प्रति सेकेन्डको दरमा ५.३ के भिडियो
  • १२० फ्रेम प्रति सेकेन्डको दरमा फोरके भिडियो
  • ३३ फिटसम्म वाटरप्रुफ