काठमाडौं । साना तथा मझौला कम्पनीको छुट्टै कारोबार हुने एसएमई प्लेटफर्म छिट्टै संचालनमा आउने भएको छ ।
ललितपुरको ग्वार्कोमा आयोजित छलफल तथा अन्र्तरक्रिया कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले साना तथा मझौला कम्पनीको छुट्टै कारोबार हुने एसएमई प्लेटफर्म अबको ८ साताभित्र ल्याइने बताएका हुन्।
एसएमई प्लेटफर्म आएपछि पुँजीबजारमा आएपछि सुनौलो युग सुरु भएकाे र यसलाई चाँडो ल्याउनको लागि बोर्डले आन्तरिक तयारी गरिरहेको अध्यक्ष हमालले बताए ।
‘अबको ६ सातादेखि ८ साताभित्र एसएमई प्लेटफर्म ल्याउँछौं’ हमालले भने ‘एसएमई प्लेटफर्मको लागि आवश्यक नियामवली तयार पार्ने काम ९५ प्रतिशत सकिएको छ साथै यसमा सञ्चालक समितिले काम गरिरहेको छ।’
अब उक्त निमायवली तयार पारि छिट्टै सेबोनको बोर्ड बैठकबाट स्वीकृत गरी अनुमोदन गर्ने मन्त्रिपरिषदमा पठाउने अध्यक्ष हमालले बताए।
प्रतिक्रिया दिनुहोस्