काठमाडौँ । इरानले युद्धविरामको बाँकी अवधिभर स्ट्रेट अफ हर्मुज खुल्ला गरेको घोषणा गरेको छ ।
इरानका विदेश मन्त्रीले युद्धविरामको बाँकी अवधिभर स्ट्रेट अफ हर्मुज व्यावसायिक जहाजहरूका लागि पूर्ण रूपमा खुला रहेको बताएका हुन् । ६ हप्तादेखि अमेरिका इजरायल र इरानबिचको युद्धमा अहिले युद्धविराम छ ।
यद्यपी तनाव भने कायमै छ । अमेरिकाले हर्मुज जलमार्गमा नाकाबन्दी गरेको छ । यसअघि इजरायल र लेबननबिच पनि १० दिने युद्धविराम सुरु भएको थियो । हर्मुज जलमार्गबाट २० प्रतिशत इन्धन निर्यात हुन्छ ।
इरानले हर्मुज खोल्ने घोषणा गरेलगत्तै अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा व्यापक गिरावट देखिएको छ अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट क्रुडको मूल्य १३ प्रतिशतभन्दा बढीले घटेर प्रति ब्यारेल ८६ अमेरिकी डलर नजिक झरेको छ ।


प्रतिक्रिया दिनुहोस्