काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घभित्र यसअघिका सबै फोरमलाई समिति बनाइएको छ ।
फोरमलाई समिति बनाएर केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूलाई सभापतिको जिम्मवारी दिइएको छ ।
असार ८ गते महासङ्घका विभिन्न समिति गठन गरेर सभापतिको जिम्मेवारी दिइएको थियो,जसमा यसअघि फोरमलाई ‘अपग्रेड’ गरेर समिति बनाइएको छ ।
सामाजिक विकास फोरमलाई समितिमा अपग्रेड गर्दा विपद्लाई समावेश गरेर शक्तिशाली बनाइएको छ । पुँजीबजार फोरम, स्टार्टअपलाई पनि समिति बनाईएको छ ।
महासङ्घको केन्द्रीय कार्यालय टेकु काठमाडौँमा विभिन्न ६ समितिका सभापतिले अध्यक्ष अञ्जन श्रेष्ठबाट जिम्मेवारीको पत्र बुझेका हुन् ।
आज पत्र बुझ्नेमा कृषि उद्यम केन्द्रका सभापति शिवप्रसाद घिमिरे, सामाजिक विकास समिति सभापति राजकुमार कार्की,निर्यात समिति सभापति होमप्रसाद घिमिरे, स्थल यातायात तथा पारवहन समिति सभापति लिलेन्द्र प्रसाद प्रधान,पर्यटन तथा हवाई यातायात समिति सभापति संघर्ष विष्ट, महिला उद्यमी विकास समिति सभापति सुनिता नेमाफुकी रहेका छन् ।
नियुक्त भएका समिति सभापतिले यसअघि नै पत्र बुझिसकेका छन् भने केही सभापति भने मनोनयन हुन बाँकी छन् ।
समितिहरूको कार्यविधि बनिरहेको छ । पदाधिकारीले समितिको कार्यविधि बनाएपछि समितिलाई पूर्णता दिने तयारी छ ।



प्रतिक्रिया दिनुहोस्