काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ हजार ७०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ८४ हजार ७०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ८७ हजार ४०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १७० रूपैयाँले बढेर ४ हजार ५१० रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्