सन् २०२६ को पहिलो ६ महिनामा चीनको कुल गार्हस्थ्य उत्पादन ४.७ प्रतिशतले वृद्धि


सन् २०२६ को पहिलो ६ महिनामा चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.७ प्रतिशतले वृद्धि भएको छ । चीनको राष्ट्रिय तथ्याङ्क विभागले बुधवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार विश्वको दोस्रो ठूलो अर्थतन्त्रले यस अवधिमा उल्लेख्य प्रगति हासिल गरेको हो ।

तथ्याङ्कअनुसार यस अवधिमा चीनको कुल उत्पादन करिब ६९.५७ ट्रिलियन युआन (करिव १०.२५ ट्रिलियन अमेरिकी डलर) पुगेको छ । विशेष गरी वर्षको दोस्रो त्रैमासिकमा मात्रै देशको अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा ४.३ प्रतिशतले विस्तार भएको विभागले जनाएको छ ।

राष्ट्रिय तथ्याङ्क विभागका उप–प्रमुख माओ शेङ्योङले दिएको जानकारीअनुसार स्थिर मूल्यका आधारमा गणना गर्दा सन् २०२६ को पहिलो ६ महिनामा चीनको कुल गार्हस्थ्य उत्पादन ६९.५७ ट्रिलियन युआन पुगेको छ, जुन वार्षिक रूपमा ४.७ प्रतिशतको वृद्धि हो ।