काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेको हो ।
आज बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएका छन् ।
हिजो सोमबार छापावाला सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि आज बढेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँ रहेको चाँदीको मूल्य आज ११० रुपैयाँले बढेर ४ हजार ७ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्