काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘नाइमा एक्स्पो २०२६’ लाई लक्षित गरेर अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले यस योजनाअन्तर्गत न्यूनतम रेट प्लस ० प्रतिशतको विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराउने घोषणा गरेको हो ।
योजनाअन्तर्गत हाल बैंकको अटो लोनको ब्याजदर ५.५७ प्रतिशत कायम गरिएको छ । एक्स्पोको अवसरलाई लक्षित गरी ल्याइएको यो विशेष ब्याजदर योजना भदौ मसान्त २०८३ सम्म लागू हुने बैंकले जनाएको छ । तोकिएको अवधि समाप्त भएपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुनेछ ।
ग्राहकको कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजातहरू पूरा भएको अवस्थामा बैंकले २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरेको छ । यसले ग्राहकलाई आफ्नो रोजाइको सवारी साधन खरिद गर्न सहज, छिटो र सरल कर्जा सुविधा प्राप्त गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
बैंकले अटो लोन सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखामार्फत उपलब्ध गराउने जनाएको छ । एक्स्पोमा सहभागी हुने तथा नयाँ सवारी साधन खरिद गर्न इच्छुक ग्राहकहरूले यस विशेष योजनाबाट लाभ लिन सक्ने बैंकको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्