कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा ५०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख ६ हजार ७०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार ३ लाख ६ हजार २०० रूपैयाँ काय भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले बढेर ४ हजार ७५० रूपैयाँमा कारोबार भइरहेको छ ।