काठमाडौँ । आइएमई पेमा रहेको सेन्ड मनी फीचरबाट प्रयोगकर्ताहरूले पैसा पठाउदा कुनै शूल्क नलाग्ने भएको छ ।
उक्त विशेषताहरूले नै सेवाग्राहीबीच आइएमई पे नेपाल कै सबै भन्दा राम्रो रहेको र सेवाग्राहीरूले सबैभन्दा बढी मन पराईरहेको कम्पनीले दाबी गरेको छ ।
‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।
नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा ‘आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो ।
यस्तो अनुमति पाउने आई.एम.ई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
प्रतिक्रिया दिनुहोस्