त्रिशूली ३ ‘ए’  जलविद्युत आयोजनाको सुरुङबाट दुईजनाको सकुशल उद्धार


काठमाडौँ । त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट दुईजनाको सकुशल उद्धार गरिएको छ ।

भदौ १० गते आएको भोटेकोशी बाढीका कारण सुरुङ्भित्रै थुनिएका मध्ये आज विहान दुईजनाको सकुशल उद्धार गरिएको रास्वपा सांसद इन्जिनियर श्रीराम न्यौपानेले जानकारी दिएका छन् ।

उद्धार गरिएका व्यक्ति सञ्जय साह र कविर महर्जन रहेका छन् । उद्दार कार्य जारी छ ।