काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा दीपचन्द्र रेग्मी बढुवा भएका छन् ।
आज बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मीलाई डिसिइओमा बढुवा गर्ने निर्णय गरेको हो । उनी यसअघि बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत रहेका थिए ।
सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ करिअर सुरु गरेका रेग्मी सन् २००९ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध रहेको बैंकले जनाएको छ ।
उनले बैंकको प्रमुख वित्तीय अधिकृत (सिएफओ, प्रमुख मानव संसाधन अधिकृत (सिएचआरओ), प्रमुख कर्जा अधिकृत (सिएलओ) तथा ट्रेड फाइनान्स प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । उनी बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्ष समेत रहेका छन् ।
रेग्मीले थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) तथा डेनमार्कको कोपेनहेगन बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबिए) गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्