काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ०.९४ अंकले बढेर २६३०.७६ अंकमा पुगेको छ ।
आज नेप्सेका कारोबार भएका कुल १३ ओटा उपसमहुमध्ये ४ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
मंगलबार नेप्सेमा घलेम्दी हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २८ करोड ५८ लाख ९५ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको दिन नेप्सेमा बेनी हाइड्रोपावर प्रोजेक्टका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य १४.९८ प्रतिशतले बढेको छ ।
यस्तै, युनिलिभर नेपालका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ४.९१ प्रतिशतले घटेको छ ।
कुल ३६० कम्पनीको एक करोड ५३ लाख ४६ हजार २२६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७९ लाख ९३ हजार रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्