मध्य भोटेकोशीको आइपीओ असोज २० गते देखि निष्काशन हुने


काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसााधारणका आइपीओ जारी गर्ने भएको छ । कम्पनीले यही असोज २० गतेदेखि ९० लाख कित्ता साधारण सेयर आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

यस अघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित हरुका लागि छुट्याइएको आईपीओको बाँडफाँड आज (सोमबार) सम्पन्न गरेको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल ९० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबाल आइएमआई क्यापिटल नियुक्त भएको छ ।

यो आईपिओमा सर्बसाधारणले असोज २० गतेदेखि असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि ६० लाख कित्ता सेयर निष्कासन गरिसकेको छ ।

केयर रेटिङ नेपालले कम्पनीको आईपिओलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।