तीन देशका राजदुतले लिए राष्ट्रपतिसमक्ष शपथ


काठमाडाैँ । तीन देशका लागि नवनियुक्त राजदुतहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना राजदुतहरूले शपथ लिएका हुन् ।

भारतका लागि राजदुत डा. निश्चलराज पाण्डे, चीनका लागि राजदुत डा.कल्याणराज शर्मा र इजरायलका लागि राजदुत सुरेश कर्णले शपथ लिएका हुन् ।

मन्त्रिपरिषदको सिफारिसमा संसदीय सुनुवाई समितिले उनीहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपति पौडेलेले उनीहरूलाई राजदुत पदमा नियुक्त गरेका थिए ।

मन्त्रीपरिषद्ले १३ जना राजदुतको नाम सिफारिस गरेकोमा संसदीय सुनुवाई समितिले १० जनाको नाम मात्रै अनुमोदन गरेको थियो । संसदीय सुनुवाई समितिले नाम अनुमोदन गरेपछि सरकारले सम्बन्धित देशहरुमा राजदूतहरूको नाम अग्रिमोका लागि पठाएको थियो । अग्रिमो आएका ३ जना राजदुतहरूले मात्रै सोमबार पद तथा गोपनियताको सपथ लिएका हुन् ।