घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा एक हजार १०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ७० हजार २०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार २ लाख ६९ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ८० रूपैयाँले घटेर ३ हजार ५२० रूपैयाँमा कारोबार भइरहेको छ ।