ह्वातै घट्याे सुनकाे मूल्य


काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलाको ९० हजार ९००मा कारोबार भएको छापावाल सुनको मूल्य बुधवार १ हजार ९९ रुपैँयाले घटेर ८९ हजार ८०१ रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

त्यस्तै तेजावी सुन तोलाको ८९ हजार ३५२ रुपैयाँमा कारोबारका लागि निर्धारण गरीएको छ ।

मंगलबार तोलाको १३६० रुपैयाँमा कारोबार भएको चाँदी बृधवार २० रुपैयाँले घटेर १३४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।