नेप्सेमा आज १३ लाख बढी कित्ता सेयर सुचिकृत


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज एकै दिन १ करोड १३ लाख बढी कित्ता सेयर सुचिकृत भएको छ ।

नेप्सेमा र सेन्चुरी कमर्सियल बैंक, नेपाल बंगलादेश बैंक र महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल १ करोड १३ लाख ८० हजार १६१.२६ कित्ता बोनस सेयर सुचिकृत भएको हो ।

महिला सहयात्राको १ लाख २१ हजार कित्ता बोनस सेयर सुचिकृत भएको छ । त्यस्तै सेन्चुरी बैंकको ६१ लाख ८९ हजार ५७९.२६ कित्ता बोनस सेयर भने नेपाल बंगलादेश बैंकको ५० लाख ६९ हजार ५८२ सूचीकृत भएको छ ।