हवाई इन्धनको मूल्य बढेपछि भाडा पनि बढ्यो (सूचिसहित)


काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक संघले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ ।

संघले आज विज्ञप्ति जारी गर्दै संघमा आबद्ध वायुसेवा कम्पनीले शनिबारदेखि लागू हुने गरी भाडा बढाएको उल्लेख गरेको छ । निगमले चैत ३ गते राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर रु दुई बढाउने दुई बढाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुरुप हवाई इन्धनको मूल्य जे जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य बढाइएको संघले जनाएको छ ।

कहाँको भाडादर कति बढ्यो
हवाई इन्धनको मूल्य बढेसँगै काठमाडौं सबैभन्दा नजिकको गन्तव्य सिमराका लागि २० रुपैयाँ भाडा बढेको छ भने सबैभन्दा लामो दुरीको गन्तव्य धनगढीको भाडामा ९० रुपैयाँ वृद्धि भएको छ ।

माउन्टेन फ्लाइटमा ७० रुपैयाँ, पोखरामा ३०, भैरहवामा४०, भरतपुरको उडानका २० र विराटनगरको उडानमा ५० रुपैयाँ बढेको छ। यसैगरी नेपालगन्जको उडानमा ६५, भद्रपुरको उडानमा ६०, जनकपुरको २५ र तुम्लिङटारको उडानमा ४० रुपैयाँ वृद्धि भएको छ ।