एफपीओ जारी गर्दै उन्नति सहकार्य लघुवित्त


काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले एफपीओ निष्काशन गर्ने प्रस्तावसहित चैत्र ३१ गते छैटौं साधारण सभा रुपन्देहीको होटल पौवामा बिहान साढे १० बजे बोलाएको छ ।

सभामा बोनस सेयर बाँडफाँड पश्चात सर्वसाधारण सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न १ करोड ३७ लाख २८ हजार बराबरको एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १७.८१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र अन्त वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने र संस्थापक समुहका ४ जना तथा सर्वसाधारण समूह २ जना गरि ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ ।

कम्पनीले लाभांश र सभा प्रयोजनका लागि संस्थाले चैत १८ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ चैत १७ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।