पठाओलाई समर्थन गरेवापत यात्रुले भाडामा ५० प्रतिशत छुट पाउने


काठमाडौं – राइड सेयरिङ सर्भिस पठाओले आफ्नो सेवाको बारेमा समर्थन गर्दै आईएमविथपठाओ ह्यासट्याग ट्रेन्डिङ भएकोमा आफ्ना यात्रुहरुलाई भाडादरमा छुट दिने भएको छ । एक दुई दिन यता विभिन्न झन्झट बेहोर्नु परेको र अब सेवा सुचारु भए पश्चात पठाओले यात्रुलाई सो अफर उपलब्ध गराउने भएको हो ।

पछिल्लो दिनमा ट्याक्सी व्यवसायीहरुसँग भएको झड्प पछि विवाद र चर्चामा आएको पठाओले आफ्नो यात्रुहरुको आगामी पहिलो राइडमा ५० प्रतिशत छुट दिने घोषणा गरेको हो ।

कम्पनीले हालै आफ्नो ट्विटर ह्याण्डलबाट सो घोषणा गरेको हो । जसअनुसार #IMWITHPATHAO ह्यासट्याग ट्रेण्ड गराउन र सेवालाई समर्थन गरेकोमा धन्यवाद स्वरुप सो छुट दिएको उल्लेख छ ।

यसअनुसार यात्रुले आज मार्च १५ तारिख एक दिनका लागि राती ११ः५५ बजेसम्म ५० प्रतिशत छुट पाउने छन् । 

यसको लागि कम्पनीले उपलब्ध गराएको प्रोमो कोड “IMWITHPATHAO” प्रयोग गर्नुपर्ने कम्पनीले उल्लेख गरेको छ ।