बुक बिल्डिङमा आवेदन दिन थप ९ संस्थागत लगानीकर्तालाई सेबोनको अनुमति


काठमाडौं । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङमा आवेदन दिन योग्य थप ९ संस्थागत लगानीकर्तालाई नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ ।

बोर्डले बुक बिल्डिङ विधिमार्फत निष्कासन गरिने आईपीओका लागि योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न वैशाख ३ गते थप ९ वटा कम्पनीलाई स्वीकृति प्रदान गरेको धितोपत्र बोर्डका कार्यकारी निर्देशक रुपेश केसीले बताए ।

बोर्डले यसअघि चैत २५ गते थप १० संस्थागत लगानीकर्तालाई अनुमति दिएपछि अनुमति प्राप्त लगानीकर्ता कम्पनीको संख्या ७४ पुगेको थियो ।

स्वीकृति प्राप्त गर्ने कम्पनीहरुमा सिद्धार्थ इन्स्योरेन्स, जय गणेश इन्भेस्टमेन्ट कम्पनी, आईसीएफसी फाइनान्स, जे–नेक्स इन्भेस्टमेन्ट, मुक्तिनाथ विकास बैंक, पोखरा फाइनान्स, स्वाभिमान लघुवित्त, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स र नेपाल बैंक रहेका छन्।

यो सँगै बुक बिल्डिङमा आवेदन दिन योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न अनुमति पाउने कम्पनीको संख्या ८३ पुगेको छ ।