‘प्रभु बैंक डिबेन्चर २०८७’ जेठ ११ गतेदेखि बिक्री खुला


काठमाडौं। प्रभु बैंकले १० वर्ष अवधिको डिबेन्चर जेठ ११ गतेदेखि बिक्री खुला गर्ने भएको छ।

वार्षिक साढे ८ प्रतिशत ब्याजदर तोकिएको चार अर्ब रुपैयाँको ऋणपत्र मध्ये दुई अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने छ।

बैंकले एक अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई छुट्ट्याएकोमा २ हजार ५०० कित्ता ऋणपत्र सामुहिक लगानीकोषलाई बिक्री गर्नेछ। बाँकी रहेको एक अर्ब ६७ करोड ७५ लाख रुपैयाँ बराबरको ऋणपत्र सर्वासाधारणको लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

जेठ १६ गतेसम्म आवेदन खुला गरिएको ऋणपत्र उक्त अवधिमा बिक्री हुन नसके ढिलोमा जेठ २६ गतेसम्म बिक्री खुला हुने छ।