नबिल बैंकको एटिएमबाटै पैसा डिपोजिट गर्न मिल्ने


काठमाडौं । अब नबिल बैंकका ग्राहकहरुले बैंकमा गएर लाइन बसी पैसा जम्मा गर्नु पर्दैन् । बैंकले ग्राहकको सहजतालाई मध्यनजर गर्दैै नबिल क्यास मेसिन ल्याएको छ ।

आधुनिक बैंकिङ युगको सुरुवात गर्ने तर्फ केन्द्रित हुँदै यस नबिल क्यास मेसिन मार्फत ग्राहकले पैसा झिक्ने मात्र नभई पैसा जम्मा गर्न सक्ने सुविधा ल्याएको हो ।

बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट यस प्रविधिको सुरुवात गरेको छ । ग्राहक हरुले यो मेसिनमा १ हजार, ५ सय रुपैयााको नेपाली नोटहरु जम्मा गर्न सक्नेछन् ।

एक पटकमा ९९ हजार ९ सय रुपैयाँ जम्मा गर्न मिल्नेछ । नबिल बैंकका ग्राहकले कुनै पनि बचल र चल्ती खातामा पैसा जम्मा गर्न सक्नेछन् ।