मानुषी लघुवित्तकाे आईपीओ बाँडफाँट


काठमाडाैं । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाद्वारा १० कित्ताको दरले शेयर वितरण भएको हो ।

गत साउन २७ देखि ३१ गतेसम्म निष्काशनमा गरेको शेयर सोमबार बाँडफाँट भएको हो। गोलाप्रथाबाट ३६ हजार ८५९ जनाले मात्रै १० कित्ता शेयर पाएका छन् भने जसमध्ये ३ जनाले थप एक कित्ता अर्थात ११ कित्ता शेयर पाएका छन्।

लघुवित्तको आईपिओमा २३ लाख ५४ हजार ७८४ जना आवेदक मध्ये ९८.४७ प्रतिशत आवेदकको हात खाली भएको छ ।

मानुषी लघुवित्तले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो ।
कर्मचारीहरुका लागि ५ हजार ४६९ कित्ता र सामूहिक लागनी कोषहरुलाई १९ हजार ६८८ कित्ता सुरक्षित गरी बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणहरूका लागि निष्काशनमा ल्याएको थियो ।