खानीखोला हाइड्रोपावर कम्पनीको सेयर कारोबार रोक्का


काठमाडौं । खानीखोला हाइड्रोपवार कम्पनीको सेयर कारोबार रोक्का भएको छ । केही दिनदेखि निरन्तर उकालो लागेको खानी खोलाको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्जले मंगलबार रोक्का गरिदिएको हो ।

खानीखोला कम्पनीले बुझाएको वित्तीय विवरणमा त्रुटी भेटिको कारण कारोबार रोक्का गर्नु परेको नेप्सेले जनाएको छ ।

कारोबार रोक्का गरेसँगै ट्रेड म्यानेजमेन्ट सिस्टम टीएमएस मा खानीखोलाको सेयर संकेत नै देखाएको छैन ।

कम्पनीले वित्तीय विवरण गडबढ गरेर राम्रो देखाएको भन्दै केहिदिन यता सर्वत्र आलोचना भएको थियो तर आलोचना भएसँगै कम्पनीको सेयर मूल्य निरन्तर बढेको थियो ।

कम्पनीले राम्रो प्रगति गरेको वित्तीय विरणमा देखिएपनि वास्तविकता भने फरक रहेको भन्दै नेप्सेमा उजुरी परेपछि यस विषयमा छानविन हुने नेप्सेले बताएको छ ।