अर्गानिक कृषि उत्पादन तथा अन्य उपभोग्य बस्तुहरु प्रवद्र्धनको लागि व्यापार मेला सुरु


काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गत नेपाल महिला चेम्बरले दसैँ, तिहार व्यापार मेला २०२१ आयोजना गरेको छ ।

नेपालमा उत्पादन भएका अर्गानिक कृषि उत्पादन तथा अन्य उपभोग्य बस्तुहरु प्रवद्र्धनको लागि व्यापार मेला आयोजना गरेको जनाएको छ ।

मेलामा नेपालका अर्गानिक कृषि उत्पादन, हस्तकलाका सामाग्री लगायत उपभोग्य वस्तु बिक्रिको लागि राखिएको छ ।

उद्घाटन समारोहमा नेपाल चेम्बस अफ कर्मशका अध्यक्ष राजेन्द्र मल्लले गाउँमा उत्पादन भएका सामाग्रीहरु एकैठाउँमा जम्मा गरेर निर्यात गर्नुपर्ने बताए । उनले युवाहरुलाई स्वरोजगार भएर देशमै बस्न आग्रह गरेका छन् ।

यस्तै, नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले अहिले ३० ओटा स्टल रहेको बताइन् । उक्त मेला १५ दिनसम्म चल्ने श्रेष्ठले बताइन् ।

काठमाडौं कमलपोखरीस्थित सिटिसेन्टरमा बुधबार एक कार्यक्रमका बीच मेला उद्घाटन गरिएको छ ।