साहस उर्जाको आइपीओ पर्‍यो ? यसरी सजिलै हेर्नुहोस् नतिजा


काठमाडौं । साहस उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर आईपीओ आज बाँडफाँड गरेको छ । कम्पनीको उक्त आईपीओ आज विहान ९ बजे बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालय, लाजिम्पाट, काठमाडौंमा सम्पन्न भएको हो ।

कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्म २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । जसमध्ये, २३ लाख ८३ हजार ४६० जनाको आवेदन मात्र योग्य थियो । जस अनुसार ६ लाख ४४ हजार जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकीको भने हात खाली भएको छ ।

यसरी हेर्नुहोस् नतिजा
आतबार बिहानै आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भए पनि सर्भरमा डाटा अपलोड गर्न समय लाग्ने हुनाले केही समयपछि मात्रै नतिजा हेर्न सकिनेछ । क्यापिटलका अनुसार ९ बजे बाँडफाँड सम्पन्न भएतापनि डाटा राख्न कम्तिमा पनि ६ देखि ७ घण्टा समय लाग्ने हुनाले बेलुका ४ बजेपछि मात्रै नतिजा हेर्न सकिनेछ ।

रिजल्ट सार्वजनिक भएपछि कम्पनीको आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको नामक (https://iporesult.cdsc.com.np/) वेबसाइटबाट, एनआईबिएल एस क्यापिटल लिमिटेडको (https://niblcapital.com/), वेबसाइट, साहस उर्जा कम्पनी लिमिटेडको (https://sahasurja.com/ वेबसाइट र मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर नतिजा सहजै हेर्न सक्नुहुनेछ ।