लुम्बिनी विकास बैंक लाभांश संसोधन गरेर बोनस सेयर बढायो


काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले लाभांश संसोधन गरेको छ । बैंकले यस अघि घोषणा गरेको लाभांश संसोधन गरि नगद लाभांश घटाएर बोन सेयर बढाएको छ ।

कार्तिक ८ गते, सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.७१२ प्रतिशत नगद गरी कुल १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो भने अब बैंकले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८४२ प्रतिशत नगद गरी कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्नेछ ।

समितिले प्रस्ताव गरेको उक्त लाभांश राष्टबैंकले स्वीकृत गरेपछि बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीहरुलाई वितरण गरिनेछ ।