नेप्से ३० अंकले बढ्दा, कारोबार रकम साढे ४ अर्ब माथि


काठमाडौं । साताको दोस्रो दिन पनि सेयरबजारमा हरियाली छाएको छ । विगत केही महिनादेखि घटेको सेयरबजार अब लयमा फर्किन लागेको लगानीकर्ताहरु बताउँछन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ३२.०३ अंकले बढेर २६१६.९४ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ५.८६ अंकले घटेर ४८७.८७ अंकमा पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमुहमध्ये १२ वटा उपसमुहको सेयर बढेको छ भने उत्पादन उपसमुहको सेयर घटेको छ ।

सोमबार कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी कम्पनी लिमिटेडको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको २८ करोड ४४ लाख ७० हजार ५ सय ७० रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा आज मध्य भोटेकोशी जलविद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज रुरु जलविद्युत् परियोजना लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य २.५९ प्रतिशतले घटेको छ ।

आज कुल २ सय ३० कम्पनीको ८२ लाख ५ हजार ५२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १ सय ७८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।