सेञ्चुरी बैंकको डबल धमाका मुद्धती खाता


काठमाडाैैं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ‘सेञ्चुरी डबल धमाका मद्धती खाता’ सञ्चालनमा ल्याएको छ ।

यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन् ।
सेञ्चुरी डबल धमाका मद्धती खाता न्यूनतम रु. १०,००० मा नै खोल्न सकिनेछ ।

यस खातामा बैंकले ग्राहकहरूलाई मोबाइल बैंकिंग, भिषा डेबिट कार्ड र एसएमएस एलर्ट निःशुल्क उपलब्ध गराएको छ । साथै यस खातामा साँवा रकमको ८०% सम्म ऋणपनि लिन सकिनेछ । यो खाता बैंकका सम्र्पूण शाखाहरुबाट खोल्न सकिनेछ ।

आधुनिक बैंकिङ्ग प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १४३ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।