नेपाल टेलिकमको डाटा र भ्वाइस प्याक सुविधा नमस्ते पे एपबाट सुरु


काठमाडौं । नेपाल टेलिकमको डाटा र भ्वाइस प्याक सुविधा नमस्ते पे एपबाट सुरु भएको छ ।

नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेट ब्यालेन्स मार्फत नेपाल टेलिकमले उपलब्ध गराएको डाटा र भ्वाइस प्याकहरु अन्तर्गत उपलब्ध सबै प्याकेज गरिद गर्न सक्ने छन् । नमस्ते पे प्रयोगकर्ताहरुले आगामी दिनमा नेपाल टेलिकमको डाटा र भ्वाइस प्याकहरूमा आकर्षक अफरको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

नेपाल डिजिटल पेमेन्टस् कम्पनी कम्पनी नेपाल टेलिकम र राष्ट्रिय बाणिज्य बैंकद्धारा संयुक्त रुपमा प्रवद्र्धित भुक्तानी सेवा प्रदायक संस्था हो ।

नमस्ते पे अन्तर्गत इन्टरनेट र स्मार्ट फोन आवश्यक नपर्ने गरी युएसएसडी मार्फत बैंक र वित्तीय पहुँच नभएका ग्रामिण क्षेत्रमा तथा मोबाइल एप मार्फत अन्य क्षेत्रमा समेत आधुनिक र सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्ने दुबै प्रकारका विशेषता रहेका छन् ।