ब्याजदर नियन्त्रण गर्न लगातार ट्रेजरी बिल खरिद गर्दै नेपाल राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले लगातार चौथो पटक पनि ट्रेजरी बिल आफैंले खरिद गरेको छ । केन्द्रीय बैंकले ६ भदौमा २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिको १२ खर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोलमा ल्याएको थियो ।

जसमध्ये ७ अर्ब ३५ करोड रुपैयाँको ट्रेजरी बिल राष्ट्र बैंकले नै खरिद गरेको हो भने बाँकी ४ अर्ब ८८ करोड ३५ लाखको टे«जरी बैंक तथा वित्तीय संस्थाहरुले किनेका छन्।

मौद्रिक नीति सार्वजनिकपछि हालसम्म आउँदा ५ वटा ट्रेजरी बिल जारी गरिएको छ। तीमध्ये पछिल्लो ४ वटा ट्रेजरी बिलमा रष्ट्र बैंकले ठूलो अंश आफैँले खरिद गरेको छ।

त्यसैगरी, १८२ दिन अवधिको लागि ६ अर्बको ट्रेजरी बिल बिक्री गरिएकोमा बैंक तथा वित्तीय संस्थालाई ५ अर्ब ८५ करोड रुपैयाँको बिक्री गरी १५ करोडको ट्रेजरी राष्ट्र बैंकले सौझै खरिद गरेको छ । यस्तै, ३६४ दिनको अवधिको ट्रेजरी बिलमा पनि १ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी राष्ट्र बैंकले आफैँले खरिद गरेको छ भने ५० करोडको ट्रेजरी बिल अन्य बैंक तथा वित्तीय संस्थालाई बिक्री गरेको छ ।

२८ दिन अवधिको ट्रेजरीको ब्याजदर ८।७० प्रतिशत, ९१ दिन अवधिको ट्रेजरीको ब्याजदर ९।०८ प्रतिशत, १८२ दिन अवधिको ब्याजदर ९।०२ प्रतिशत र ३६४ दिन अवधिको ट्रेजरीको ब्याजदर ९।०२ प्रतिशत कायम भएको छ।

साउनमा ब्याजदर झन्डै १४ प्रतिशतसम्म पुुगेको ट्रेजरी बिलको ब्याजदर अहिले एकल विन्दुुमा झरिसकेको छ। यद्यपि ब्याजदरमा अझै नियन्त्रण गर्न राष्ट्र बैंकले लगातार ट्रेजरी बिल किनिरहेको छ।