ज्याज फेस्टिभलको १८औँ संस्करण ६ दिनसम्म चल्ने


काठमाडौं । गुणस्तरीय ज्याज ल्याउन, सांस्कृतिक सीमाना नाघेर संगीतको माध्यमबाट शान्ति र करुणाको सन्देश फैलाउन भन्दै अक्टोबर १३ देखि १९ सम्म हुने भएको छ ।

कोभिड–१९ को महामारीका कारण दुई वर्षको अन्तरालपछि फर्किएको सूर्य नेपाल ज्याजमाण्डु–२०२२ मा जम्मा सात कलाकारको सहभागिता रहनेछ । ज्याजमाण्डु आयोजकका अनुसार छ दिनसम्म चल्ने ज्याज फेस्टिभल अक्टोबर १३ मा बालुवाटारस्थित मालपी इन्स्टिच्युटमा कन्सर्ट÷संगीत प्रतियोगिताबाट सुरु हुनेछ ।

ज्याजमाण्डुको बहुप्रतिक्षित ज्याज बजार अक्टोबर १५ को दिउँसो आयोजित हुनेछ, जहाँ उपस्थितहरूले गोकर्ण फरेस्ट रिसोर्टमा अविश्वसनीय संगीतको आनन्द लिन सक्नेछन् । महोत्सव अक्टोबर १९ मा दरबारमार्गको होटल याक एन्ड यतिमा पूर्ण महोत्सवको तयारीका साथ समापन हुनेछ ।

सन् २००२ मा पहिलो पटक आयोजना गरिएको ज्याजमाण्डु आजसम्म आउँदा सूर्य नेपालको सहकार्यको साथले अधिकतम उचाई लिन सफल भएको छ । ज्याज संगित प्रवद्र्धनको रुपमा शुरु गरिएको सूर्य नेपाल ज्याज फेष्टिभल अहिलेसम्म आइपुग्दा बहुप्रतिक्षित साँगितिक कार्यक्रमको रुपमा स्थापित भइसकेको छ ।

नेपालकै अग्रणी व्यवसायिक संस्था सूर्य नेपाल प्रा.लि.ले ज्याज संगित प्रवद्र्धनको निमित्त ज्याजमाण्डु आयोजकहरुसंग सहकार्य गरी अन्तर्राष्ट्रिय कलाकारहरुलाई नेपालमा प्रस्तुति गर्न लाउने अभियानलाई निरन्तरता दिने जनाएको छ ।