आइएमई पे एप अब नेपाली भाषामा


काठमाडौँ । अबदेखि आइएमई पे एप नेपाली भाषामा पनि अध्यावधिक हुने भएको छ । भाषागत समस्याका कारण आर्थिक कारोबारबाट बन्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ यो विशेष सेवा थप गरेको कम्पनीले जनाएको छ ।

यो सँगसँगै भाषाको छनोट गर्न मिल्ने एक अर्को सुविधा पनि आइएमई पे एपमा थपिने भएको हो ।

अङ्ग्रेजी नयाँ वर्ष २०२३ का अवसरमा सेवाग्राहीहरूका लागि सार्वजनिक गरिएको यस फिचरका लागि प्रयोगकर्ताहरुले सर्वप्रथम प्लेस्टोर वा एपस्टोरमा गएर आइएमई पे एप छ भने एप अपडेट र छैन भने डाउनलोड गर्नुपर्ने छ ।

पुरानो प्रयोगकर्ताले एप अपडेट भएपछि एप भित्र आफ्नो प्रोफाइलमा गइ दाँयापट्टि रहेको इन (EN) संकेतबाट नेपाली भाषा रोज्न सकिने छ । नयाँ प्रयोगकर्ताहरुले एप डाउनलोड गरे लगत्तै सो फिचर प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यस पश्चात प्रयोगकर्ताहरुले आफुलाई सहज लाग्ने भाषा प्रयोग गरेर आइएमई पे मार्फत कुनैपनि डिजिटल भुक्तानी गर्न सकिने छ ।

विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्न, केवल मोबाईल नम्बर प्रयोग गरी पैसा पठाउन, कुनैपनि सेवा वा सुविधाको भुक्तानी गर्नको साथै प्रयोगकर्ताहरुले एपमा रहेको रकममा ७.१३% ब्याज कमाउन सकिने जस्ता नवीनतम सेवा सुविधाहरू आइएमई पे एपमा उपलब्ध छन् ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।