नेपालमा फेसन उच्च शिक्षामा नमुना कलेज अफ फेसन टेक्नोलोजी


काठमाडाैँ । नमुना कलेज अफ फेसन टेक्नोलोजी (एनसिएफटी) कलेजले सन् २००२ देखि फेसनमा जगतमा नमुना सिलाईको शिक्षा क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ ।

फेसन टेक्सटाइल क्षेत्रमा आवश्यक जनशक्तिको विकास गर्न व्यावसायिकरूपमा सक्रिय रहेकी फेसन डिजाइनर, उद्मी तथा शिक्षाविद् ग्यानी शोभा तुलाधरले कलेजके स्थापना गरेकी हुन् ।

नेपालमा फेसन टेक्सटाइल क्षेत्रले थप व्यावहारिक र हातमा आधारित शिक्षा र व्यावसायिक सीप उन्मुख पाठ्यक्रमलाई माग अनुसार प्रदान शिक्षा गर्दै आएको छ ।

एनसीएपफटीले २००२ मा ३ वर्षे तथा छ सेमेष्टरको ब्याचलर अफ फेसन डिजाइन ९बिएफडी० स्नातक कार्यक्रम सुरु गरेर देशको पहिलो फेसन कलेज बनेकाे थियाे । यससँगै ये कलेज ४ वर्ष ९८ सेमेस्टर० शैक्षिक कार्यक्रम सुरु गर्ने पहिलो र एकमात्र फेसन कलेज बनेकाे हाे ।

फेसनले आफ्नो ब्याचलर अफ फेसन डिजाइन (बिएफडी) कार्यक्रमलाई २०१६ मा ब्याचलर अफ फेसन डिजाइन र म्यानेजमेन्ट (बिएफडिएम) कार्यक्रममा रुपान्तरण गरेको छ ।

यस कलेज नेपालमा स्थापना हुनुभन्दा अगाडी फेसनमा स्नातक गर्नको लागि विदेश जानुपर्ने अवस्था रहेको थियो । त्यससँगै दक्ष नेपाली फेसन व्यवसायीहरुको अभाव रहेको थियो त्यसैलाई मध्यनजर गर्दै यस कलेजको स्थापना भएको हो । जसको लागि नेपालको फेसन उद्योगहरुमा प्रमुख प्राविधिकहरु नै विदेशी रहेका थिए ।

नेपालमा नै फेसनको लागि केही गर्नुपर्छ भनेर यस कलेजले पहिलो ब्याचमा ६ जना विद्यार्थीबाट पढाउन सुरु गरेको थियो । हाल यस कलेजमा तीन सय पचास भन्दा बढी विद्यार्थीहरु रहेको कलेजले जनाएको छ ।

यस कलेजले पढाइसँगै व्यावसायीकरुपमा उद्यमीहरु निकालिरहेको रहेको छ । बिएफडीएम कार्यक्रम कला, विज्ञान, प्रविधि, र व्यवस्थापनको अन्र्तगत ३५ विषयहरु रहेका छन् ।

राजेन्द्र सिंह, विश्व गौतम, युवराज थापा, मनिष राई, निलिमा तामाङ, निशा श्रेष्ठ, प्रज्ञा चित्रकार, पूजा श्रेष्ठ र अल्पजा राजभण्डारीको शैक्षिक नेतृत्वले नेपालमा कपडा र फेसन शिक्षामा उच्च मापदण्ड कायम गरेके कलेजले जनाएका छ ।