शुभगृह इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडरमा सञ्चारकर्मी सुरजसिंह ठकुरी


काठमाडौं । शुभगृह इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीले सञ्चारकर्मी सुरजसिंह ठकुरीलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेको कन्सल्टेन्सीले ठकुरीलाई आफ्नो बोर्डको ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो ।

अष्ट्रेलिया, क्यानडा, युरोप, युएसए, युएस लगायतका देशमा जाने चाहने विद्यार्थीलाई सेवा प्रदान गर्दै आइरहेको कन्सल्टेन्सीले जनाएको छ ।

ब्राण्ड एम्बेसडर नियुक्त भएपछि ठकुरीले कन्सल्टेन्सीको प्रवद्र्धनमा आफूले सक्दो योगदान पुर्‍याउने ठकुरीले बताए । उक्त अवसवरमा बोल्दै कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सुभेन्द्र थापाले प्रतिष्ठित सञ्चारकर्मीलाई ब्राण्ड एम्बेसडर नियुक्त गर्न पाउँदा खुसी लागेको बताए ।

कन्सल्टेन्सीलाई विद्यार्थीलाई सत्य, तथ्य परामर्श मात्रै प्रदान गरी अभिभावकीय भूमिका निर्वाह गर्ने संस्थापक सुगन्ध थापाले बताइन् ।