होली इभेन्टको टिकट खरिद आइएमई पेको एउटै प्लेटफर्मबाट गर्न सकिने


काठमाडौं । आइएमई पेले यो वर्षको होलीको लागि विभिन्न इभेन्ट आयोजकहरूसँग आबद्ध भइ सबै इभेन्टहरूको टिकट प्रदायकको रुपमा रहने जनाएको छ ।

आफ्ना मित्रजन तथा परिवारसँग होली मनाउन सजिलै टिकट उपलब्ध गराउने उद्देश्यका साथ होली इभेन्ट टिकटिङ सुबिधा प्रदान गरिएको आइएमई पेले जाएको छ ।

आइएमई पेमा ग्राहकहरूले ३ फरक–फरक होली इभेन्टको टिकट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

उक्त इभेन्टहरूमा,कलरेल्ला, अन्नपूर्ण होटल,कलर स्प्ल्यास, द मल्ल होटल होली फिएस्ता २०२३, सिद्दार्थ बुटिक होटल रहेका छन् ।

ग्राहकले आइएमई पेबाट टिकट खरिद गर्दा डोर सेल्सको टिकट मुल्य भन्दा थोरै मुल्यमा पाउन ससक्ने र टिकट खरिद गर्न, आइएमई पे एपको ‘इभेन्ट’ सेवा भित्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।