बुद्ध एयरमा विशेष परिस्थितिका यात्रुका लागि विशेष सेवा


काठमार्डौ । बुद्ध एयरले जेष्ठ नागरिक,गर्भवती,शिशु,अशक्त,विरामी तथा फरक क्षमता भएका विशेष परिस्थितिका यात्रुका लागि विशेष सेवा सुरु गरेको छ । बुद्ध एयरका अनुसार यस्ता यात्रुका लागि प्लेन चढ्दादेखि प्लेनमा समेत विशेष ख्याल राखिने भएको छ । आपतकालीन वा विशेष परिस्थितिमा जहाजका प्रमुख एयरक्रुले सहयोग सेवा उपलब्ध गराउने उसको भनाइ छ ।

बुद्धले एक्लै यात्रा गर्ने बालबालिकाका लागि समेत सेवा सुरु गरेको जनाएको छ । एक्लै यात्रा गर्ने १२ वर्षमुनिका बालबालिकालाई विशेष रोखदेख गर्दै गन्तव्यमा अभिभावकको जिम्मा लगाइने कम्पनीले जनाएको छ ।

साथै विरामी यात्रुका लागि अक्सिजनको पनि सुविधा रहेको कम्पनीले उल्लेख गरेको छ ।

सेवा लिनका लागि वेवसाइट वा मोबाइल एपबाट टिकट लिँदा स्पेशल सर्भिस रिक्वेस्टमा क्लिक गर्नु पर्ने उसले जनाएको छ ।
स्मरणीय छ, यसअघि नै बुद्धले विभिन्न विमानस्थलमा छुट्टै र्‍याम्पको व्यवस्था गरिसकेको छ ।