डिजी पे प्रा.लि.द्वारा विभिन्न फ्रान्चाइजी व्यवसायी तथा संस्थासँग सहकार्य


काठमाडौँ । मोबाइल वालेट कम्पनी डिजी पेले आफूले प्रदान गर्ने सेवा तथा सुविधाबारे जानकारी गराएको छ ।

डिजी पेले नेपालमै पहिलोपटक डिजिटल तथा नगद दुुवैमा कारोबार गर्न मिल्ने सुुविधा साथै फिनटेक इन्डस्ट्रीमा नै पहिलोपटक व्यावसायिक प्रवद्र्धनका लागि फ्रान्चाइजीको अवधारणा अगाडि बढाएको छ ।

डिजी पे मा व्यवसायीहरूले न्यूनतम लगानी गरी एक वर्षभित्रै प्रतिफल प्राप्त गर्नुका साथै प्राविधिक दक्षताबिना आबद्ध हुुनसक्ने कम्पनीेले जनाएको छ । जारी विज्ञप्तिमा भनिएको छ,“भौगोलिक क्षेत्रमा निर्धारित तथा विशेष अनि भिन्न आम्दानीको स्रोतको रूपमा उच्चतम नाफा आर्जन गरी सामाजिक सम्मान पाउन सक्ने कम्पनीको विश्वास छ ।”

डिजी पे, स्थानीय व्यवसाय साझेदार आबद्ध योजनामार्फत विभिन्न व्यवसायीहरूसँग फ्रान्चाइजीको सहकार्य गरेको छ भने थप विस्तारका लागि अन्य फ्रान्चाइजीहरू समेत आह्वान गरिरहेको कम्पनीका अध्यक्ष दिवाकरबहादुर पाण्डेले जानकारी दिए ।

उनले भने,“जानकारी गराएको छ । फ्रान्चाइजीहरूको मुख्य कार्य, व्यवसायीहरूलाई विभिन्न सेवा तथा सुविधा प्रदान गरी डिजी पे मा निःशुुल्क आबद्ध गराउनु हो ।”

यसका लागी डिजी पे ले विभिन्न संस्थासँग हातेमालो गरी नौलो र विशेष सेवा तथा सुुविधा ल्याएको छ । यस योजना अन्र्तगत फ्रान्चाइजीहरूले डिजी पे सँगको सहकार्यबाट कम्पनिले प्रदान गरेको लक्ष्य पुुरा भएको अवस्थामा प्रति महिना रु.४ लाखदेखि ५ लाख रुपैयाँसम्म कमाउन सक्ने कम्पनीका अध्यक्ष पाण्डेले बताए ।

डिजी पेमा व्यवसायीहरूले निःशुुल्क आबद्ध भई विभिन्न सेवा तथा फाइदाहरु प्राप्त गरी बजार विस्तार र प्रचारप्रसारबाट उच्च मुुनाफा आर्जन गर्न सक्ने कम्पनीको दाबी छ ।