वायु सेवा निगमको पुनर्संरचना गरिने


काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमको पुनर्संरचना गर्ने घोषणा गरेको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्टपति रामचन्द्र पौडेललनेपाल वायु सेवा निगमको पुनर्संरचना गरिने बताएका हुन् ।

सरकारले आगामी वर्षमा आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल एवम् टर्मिनल भवनको स्तरोन्नती गर्ने भएको छ ।

हवाइ सम्बन्धी मापदण्ड कडाइको साथ पालना गर्नुका साथै नयाँ मुलुकहरुसँग हवाई सम्झौता गरी बजार विस्तार गरिने घोषणा गरे ।