नेप्सेमा ४ कम्पनीको ३२ लाख बढी कित्ता बोनस सेयर सूचीकृत


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ४ कम्पनीको ३२ लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा आज एनएलजी इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त र सबैको लघुवित्तको ३२ लाख १७ हजार ७२१।५६ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

जसमध्ये एनएलजी इन्स्योरेन्सको १३ लाख २६ हजार ६१४.३६ कित्ता, लक्ष्मी लघुवित्तको ५ लाख ७६ हजार ८१ कित्ता, इन्फिनिटी लघुवित्तको ८ लाख २९ हजार २६।५६ कित्ता र ४ लाख ८६ हजार कित्ता बोनस सेयर छन्।

गत आर्थिक वर्षका लागि एनएलजी इन्स्योरेन्सले १० प्रतिशत, लक्ष्मी लघुवित्तले १५ प्रतिशत, इन्फिनिटी लघुवित्तले २० प्रतिशत र सबैको लघुवित्तको १८ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।