विद्युतीय सवारी साधनको कर बढाउने गाइँगुई चल्यो :सांसद गौतम


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले विभिन्र स्वार्थ समूहको मिलेमतोमा विद्युतीय सवारी साधनको कर बढाउने गाइँगुई चलेको बताएकी छन् ।

बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै गौतमले आर्थिक वर्ष २०८० | ८१ को बजेट सार्वजनिक गर्ने मिति नजिकिदैँ गर्दा विद्युतीय सवारीको कर बढाउने हल्ला आएको बताएकी हुन् । गौतमले देशको बढ्दो व्यापार घाटा नियन्त्रण तथा जलवायु संकटलाई मध्यनजर गर्दै वातावरण प्रदुषणलाई नियन्त्रणका लागि ग्यास, डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनले प्रतिस्थापन गर्न अनिर्वाय रहेको बताएकी छन् ।

उनले भनिन्, “नीति तथा कार्यक्रममा विद्युतीय सवारीको विषय पनि आंशिक रूपमा समेटिएको जस्तो देखिन्छ । तर विभिन्र स्वार्थ समूहको मिलेमतोमा विद्युतीय सवारी साधनको करमा बढाउने भन्रेमा गाईँगुई सुनिएको छ । सरकाले सन् २०२५ सम्ममा नेपालमा गुड्ने कुल सवारी साधन मध्ये निजि विद्युतीय सवारी २५ प्रतिशत र सार्वजनिक सवारी २० प्रतिशतले बढाउने लक्ष्य लिएको छ । तर कर बढाउने हो भने यो लक्ष्य सम्भव पक्कै हुदैँन ।’’

उनले सरकारले विद्युतीय सवारीलाई राज्वश संकलनको माध्यमबाट मात्रै हेर्न नुहने र वातावरणलाई पनि उत्तिकै टेवा पुर्याउछ भन्रे विषय बुझन जरुरी रहेको बताइन् ।