नेप्सेमा १७ अंकको गिरावट, कारोबार रकम साढे २ अर्ब माथि


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयरमापक सूचक नेप्से परिसूचक १७.३८ अंकले बढेर १९४१.७४ अंकमा पुगेको छ ।

सेन्सेटिभ परिसूचक १.९० अंकले घटेर ३९६.४२ अंकमा पुगेको छ ।

आइतबार नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये २ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ११ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आइतबार नेप्सेमा कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ ।

कम्पनीको २१ करोड ७९ लाख ९४ हजार ९ सय ३ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन युनियन लघुवित्त र आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन हिमालयन ऊर्जा कम्पनीका लगानीकर्ताले सबैन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६ प्रतिशतले घटेको छ ।

कुल २७० कम्पनीको ७० लाख ५० हजार ३८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड ९६ लाख ५९ हजार ४९९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।