रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको छैठौं साधारण सभा सम्पन्न


काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिको छैठौं वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ को वित्तीय विवरणहरू र लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्थावहरू सर्वसम्मतिले पारित गरेको छ । सभामा शेयरधनीहरूले उठाएका जिज्ञासाहरूको अध्यक्ष उदय नेपाली श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले जवाफ दिएका थिए ।

यस उपलक्ष्यमा कम्पनीलाई यहाँ सम्म पु¥याउन सहयोग गर्ने वीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, संस्थापक, कर्मचारी, पत्रकार तथा सम्पूर्ण शुभचिन्तक तथा सरोकारवालालाई कम्पनीले धन्यवाद ज्ञापन गरेको छ।