७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार


काठमाण्डौ । सरकारले थप आन्तरिक ऋण उठाउने भएको छ । सरकारले ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो । राष्ट्र बैंकले ९१ दिने ४ अर्ब रुपैयाँ र १८२ दिने ३ अर्ब रुपैयाँ ऋण उठाउन लागेको हो ।

राष्ट्र बैंकको अनुसार २३ अर्ब ८६ करोड रुपैयाँ ऋण नवीकरण गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले सोमबार (असार ४ गते) कुल ३० अर्ब ८६ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। जसमा ७ अर्ब करोड रुपैयाँको बोलकबोलमार्फत बिक्री गरिनेछ भने २३ अर्ब ८६ करोड रुपैयाँको नवीकरण गरिनेछ।