उपप्राध्यापक प्रेम चलाउनेकाे समर्थनमा प्रदर्शन गर्नेहरू प्रहरीको नियन्त्रणमा (फाेटाेफिचर) 


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई न्याय माग्दै काठमाडौँ जिल्ला अदालत अगाडि प्रदर्शन गरेका छन् । मंगलबार बृहत नागरिक आन्दोलनले उपप्राध्यापक प्रेम चलाउनेलाई न्याय माग्दै काठमाडौं जिल्ला अदालत अगाडि प्रदर्शन गरेका हो। काठमाडौं जिल्‍ला अदालत अगाडि प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ।

बृहत नागरिक आन्दोलनको ब्यानरमा भएको प्रदर्शनमा जस्टिस फर प्रेम चलाउने, कानुनी राज्य कायम गर , सरकार प्रेम चलाउनेको मुद्दा फिर्ता लिने निर्णयबाट पछि हट, आइ एम विद प्रेम चलाउने,अपराधको राजनीतिकरण गर्न पाइदैन,जस्ता नारा लेखिएका कार्ड बोकेर प्रदर्शन गरिरहेकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूले प्रेम चलाउने माथी आक्रमण गर्नेहरुक विरूद्द चलाइएकाे मुद्दा फिर्ता लिने निर्णयविरुद्ध प्रदर्शन गरेका हुन् ।

शब्द/तस्बिर: पुष्पा पाल