सेयरबजारमा १४ अंकको गिरावट, घट्यो कारोबार रकम


काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक १४.०५ अंकले घटेर २०५०.७८ अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक २.०३ अंकले घटेर ३८६.११ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ वटा उपमुहको सेयरमूल्य बढेको छ भने बाँकी ९ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार कारोबारको आधारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २३ करोड ६ लाख ४१ हजार ३ सय २७ रुपैयाँको कारोबार भएको छ ।

आज सिटी होटल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन ग्रिन भेन्चर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.९८ प्रतिशतले घटेको छ ।

कुल २७१ कम्पनीको ८६ लाख ५१ हजार १ सय ६४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार २ सय ६० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।