अपि पावरलाई हकप्रद सेयर निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति


काठमाडौं । नेपाल धितोपत्र बोर्डले अपि पावर लिमिटेडलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ ।

बोर्डले कम्पनीलाई हाल रहेको कायम चुक्ता पूँजीको ४० प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख रुपैयाँको ४० प्रतिशत अर्थात १० कित्ता बराबर नयाँ ४ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको हो ।

यस अनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

कम्पनीले ४० प्रतिशत हकप्रद निष्काशन गरेपछि चुक्ता पूँजी ४ अर्ब ७८ करोड ६५ लाख रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।