सुनको मूल्य ३ सय रुपैयाँले बढ्यो, चाँदीको स्थिर


काठमाडौं । हिजो स्थिर रहेको सुनको मूल्य आज भने बढेको छ । सोमबार नेपाली बजारमा छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले बढेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी महासंघका अनुुसार आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

हिजो सुनको मूल्य स्थिर रहँदै प्रति तोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ४८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदीको मूल्य हिजो पनि स्थिर रहँदै चाँदी १ हजार ४८० रुपैयाँमा किनबेच भएको थियो।